२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

चामल खरिद गर्न दोस्रो पटक टेन्डर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० माघ २३ गते मंगलबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिद गर्न दोस्रो पटक टेन्डर आह्वान गरेको छ । पहिलो पटक टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुनः बजार मूल्य अनुसार चामल खरिद गर्ने गरी टेन्डर आह्वान गरेको हो ।

पहिलो पटक ३ लाख ३६ हजार क्विन्टल चामल खरिद गर्न कम्पनीले गत मङ्सिर ६ गते टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले हाल २ लाख ७७ हजार क्विन्टल चामल खरिद गर्न टेन्डर आह्वान गरेको हो ।

कम्पनीले धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न टेन्डर आह्वान गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान चामल खरिद गरी दुर्गम तथा सुगम ठाउँमा सुपथ मूल्यमा खाद्यान्न वितरण गर्ने गरेको छ ।

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार