सूचनाको शक्ति - The Power Of Information

        

गुप्तचरमा जथाभावी सरुवा

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का प्रमुख हुतराज थापाले आफू अनुकुलका कर्मचारीलाई जिल्ला प्रमुखका रुपमा सरुवा गरेका छन् । उनले आफ्नो अनुकुल नभएका गुप्तचरलाई सूचना संकलनमा खटाउनुको सट्टा बरफबागभित्रै घाम तपाएर राखेका छन् । उनले आफ्नो चाकडीमा अनुकुलका सूचना बोकेर आउनेलाई निकट जिल्लामा खटाएका हुन् । ६० भन्दा धेरै एसपी र डिएसपीको सरुवा गर्ने क्रममा केहीलाई विभागकै चौरमा राखेका छन् ।

विभाग स्रोतका अनुसार बर्दियामा एसपी पवन जोशी, दाङमा रमेश डाँगी, कैलालीमा मोहन कुँवर, कञ्चनपुरमा नरेश भट्ट, गोरखामा हुमकान्त पाण्डे, पूर्वी नवलपरासीमा अशोक भट्ट, सिन्धुलीमा सुवास खड्का, धादिङमा नरेन्द्र गिरी, पाल्पामा जयन्द्र उपाध्याय, पश्चिम नवलपरासीमा विमल घिमिरेलाई पठाइएको छ । कपिलवस्तुमा गोपाल पन्थी, सिन्धुपाल्चोकमा राजन प्रजापति, नुवाकोटमा लक्ष्मी पौडेल, सर्लाहीमा सुदीप अधिकारी र झापामा कुलचन्द्र नेपाललाई खटाइएको छ ।

मोरङमा तिलक प्रसाई, इलाममा तुलसी प्रसाई, उदयपुरमा कुमार खड्का, काभ्रेमा शेरजंग चन्द, चितवनमा मनोज ढकाल र तनहुँमा कमल भट्टराईको सरुवा भएको छ । पर्सामा दिलिप सिंह, रौतहटमा अभिनय सिंह, बारामा दीपक खड्का, धनुषामा गणेश आचार्य र स्याङजामा सुशान्त बरालको सरुवा भएको छ । यस्तै, गोरखा खटाइएका हुमकान्त पाण्डे विभाग प्रमुख थापाका निकट पात्र हुन् ।

उनलाई गृहमन्त्रीको समेत इच्छामा त्यहाँ पठाइएको हो । आफूलाई माओवादी बताउने तर, बालाराम घर्तीमगरका निकट भएकाले राजेन्द्र लिङदेनसँग पनि उत्तिकै सम्बन्ध राख्ने अनुसन्धान विभाग प्रमुख थापाले प्रचण्डको सबै खबर लिङदेनलाई दिने गरेको स्रोतको दाबी छ । जनार्दन शर्मालाई खुशी पार्न दीपक केसीलाई पनि च्यापेर बसेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ०८:३६

लोकप्रिय