सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० माघ २३ गते मंगलवारको राशिफल

२०८० माघ २३ गते मंगलवार, ६ फेब्रुअरी २०२४ । माघ कृष्णपक्ष एकादशी तिथि, १२ः०१ बजेपछि द्वादशी । मूल नक्षत्र । चन्द्रराशि धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । शारीरिक कमजोरीले भने चिन्ता बढाउन सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । आध्यात्मिक चेतनाले धर्मकर्म र सामाजिक सेवामा प्रवृत्त गराउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अस्वस्थताले कमजोर अनुभूति हुनेछ । भौतिक साधनको कमीले काम रोकिन सक्छ । बेसुरको निर्णयले समस्या आउला । परिस्तिथिवश योजना स्थगित गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

विशेष अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउला । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले उत्साह जगाउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आत्मविश्वासको कमीले पछि परिएला । काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ । ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला । शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादले व्यर्थैमा मानहानि गराउनेछ । आजको श्रमबाट पछिलाई भने लाभ हुनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिछोडिएका आफन्तसँग भेटघाट हुने समय छ । पारिवारिक जमघट भए पनि समय रमाइलो नरहन सक्छ । अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ । व्याहारिक अलमलले चिन्तित तुल्याउन सक्छ । तापनि केही उपलब्धि हातपार्न सफल भइनेछ । पहिलेको सफलताले पनि नियमित काम गर्न हौसला प्रदान गर्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । अर्थअभावले विशेष काम रोकिन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । श्रमको उच्च मूल्यांकन हुनेछ । प्रशस्त आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । पछिका लागि पनि केही लगानी गर्न सकिनेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सानो प्रयत्नले विशेष काम गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ०७:३५

लोकप्रिय