मानव सेवा आश्रम निर्माणार्थ दाङको तुलसीपुरमा भएको माहायज्ञ सकिए पनि दान दिने कार्य भने जारी रहेको छ ।
श्रिमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ नामाकरणका साथ माघ १३ गतेदेखि सुरु भएको माहायज्ञ २० गते सकिएको हो । महायज्ञ सकिए पनि सोमवार (आज) सम्म पनि दाताहरुले दान दिरहेको महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लिबहादुर बस्नतले जानकारी दिनुभएको छ ।
सोमवार (आज ) सबैभन्दा बढी तुलसीपुर उप-महानगरपालिका १३ बखरिया घर भई हाल टेकेसास अमेरिका बस्दै आएका टार्गेट कुसारीले दान गरेको संयोजक बस्नेतले जानकारी दिनुभयो ।
कुसारी स्वर्गिय जिजु बुवा धन्जे कुसारी, जिजु आम गम्भिरी कुसारी, स्वर्गिय सानिआमा पुर्णिमा बस्नेत कुसारीको पुण्य स्मृति तथा हजुर बुवा रनविर कुसारी र हजुर आमा मोति कुसारीको सम्मानमा नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दान गरेको मुल समितिका सदस्य सचिव बुद्धप्रकास सिंहले जानकारी दिनु भएको छ ।
त्यसैगरी पुरान सकिए पछि पनि तुलसिपुर ५ का तुलसिराम सुनारले २५ हजार १ सय ५ रुपैयाँ, तुलसिपुर ६ का मोहन लम्सालले १५ हजार १ रुपैयाँ, तुलसीपुर ५ का दिपन्द्र कुमार श्रेष्ठले ४९ हजार ६ सय, घोराहीका गंगाराम पोख्रेलले २ हजार पाच सय ५५, नव दुर्गा सामुदायिक वन उपभोक्ता समुह तुलसिपुर ८ र ९ ले १५ हजार १ सय र तुलसीपुरकी निमा वली थापाले १५ हजार पाँच रुपैया दान गरनुभएको आर्थिक संयोजक ध्रुव गौतमले जानकारी दिनुभयो । यसै विच सोमवार नै दान पेटिकाको दान रकम गनना गरिएको छ ।
मानवसेवा आश्रमको कर्यालयमै दान पेटिकाको रकम गनना गरिएको हो । महायज्ञमा राखिएका दान पेटिकामा करिव साँढे ४ लाख रुपैया दान प्राप्त भएको छ । महायज्ञ स्थलमा राखिएका ८ वटा दानपेटीकामा दाताहरुले ४ लाख ४२ हजार २ सय ३३ रुपैया योगदान गर्नुभएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा गिरीले जानकारी दिनुभयो ।
सोमबार बिहान गणना गरि सम्पन्न भएका दानपेटीकामा एक ब्यक्तिले ५ हजार ५ सय ५५ रुपैया सम्म राखेको पाइएको गिरीले जानकारी दिनुभयो । दान पेटीकाको ४ लाख ४२ हजार २ सय ३३ रुपैया र र ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया गरि ५ करोड १३ लाख ५८ हजार ६ सय २६ रुपैया नगद र प्रतिबद्धता समेत गरि कुल संकलन भएको हो ।
महायज्ञबाट ५ करोड रकम संकलन गर्ने र आगामी दुई बर्ष भित्र मानव स्मारक निर्माण गर्ने लक्ष्य राखिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ