२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

आज दिनभरको मौसम कस्तो छ ?

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० माघ २२ गते सोमबार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागको मौसम सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४७ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमबार