२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

लुम्बिनी प्रदेशकाे स्थापना दिवस, आज सार्वजनिक बिदा

सत्यपाटीसत्यपाटी । बाँके । २०८० माघ २१ गते आइतबार

लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ ।

प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । ६ वर्षदेखि फागुन ३ गते मनाउँदै आएको स्थापना दिवस यसपाली सारेर आज माघ २१ गते मनाउन लागिएको हो ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयले प्रदेश स्थापना दिवस र सरकारको स्थापना दिवस एकै दिन मनाउन लागिएको बताउनुभयो ।

प्रदेश सभाको चुनाव भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले यसअघि हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने फागुन ३ लाई सरकार स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतबार