सूचनाको शक्ति - The Power Of Information

        

सवारी दुर्घटना कम गर्न नेपालगन्ज–कोहलपुर सडकमा २५ जेब्राक्रस

नेपालगन्ज–कोहलपुर सडकखण्ड खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न ठाउँमा २५ वटा जेब्राक्रस निर्माण कार्य सुरु गरिएको छ।

सडक डिभिजन कार्यालय नेपालगन्जसँगको समन्वयमा नेपालगन्जको राँझादेखि कोहलपुरसम्मको विभिन्न २५ स्थानमा जेब्राक्रस र सेन्टर लाइनको निर्माण कार्य सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार सडक डिभिजन कार्यालय नेपालगन्जको १२ लाख रुपियाँको लागतमा जेब्राक्रस बनाउन लागेको हो।

उहाँले सवारी चालक र पैदल यात्रुले जथाभाबी सडक पार गर्दा दुर्घटनाको जोखिम बढेकोले दुर्घटना न्यूनीकरण गर्न जेब्राक्रसले निकै मद्दत पुर्‍याउने विश्वास लिइएको बताउनुभयो।

दुर्घटना न्यूनीकरण गर्नु सबैको चासोको विषय भएको हुँदा नेपालगन्ज, कोहलपुर सडकखण्डमा जेब्राक्रस निर्माणको कार्य सुरु गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नीरज शाक्यले बताउनुभयो।

प्रकाशित मिति : २१ माघ २०८०, आइतवार ०८:११

लोकप्रिय