सूचनाको शक्ति - The Power Of Information

        

दैनिक एक चम्चा मह, हुन्छ रोग टाढा

दैनिक बिहान खाली पेट एक चम्चा मह खाँदा शरीरलाई धेरै फाइदाहरु हुन्छन् । यो स्वादमा मिठो हुनुका साथै स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । विशेषगरी जाडो मौसममा यसलाई नियमित खाँदा अझ धेरै फाइदा हुन्छ । महमा कार्बोहाइड्रेट पाइन्छ जसले शरीरमा ऊर्जा बढाउने काम गर्छ ।

यस्तोमा जब तपाईं सुस्त महसुस गर्नुहुन्छ महले तपाईंको शरीरमा ऊर्जा प्रदान गर्छ । महमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । यसको अर्थ हो मह रगतमा विस्तारै अब्जर्ब हुन्छ जसले ब्लड सुगर लेवललाई नियन्त्रण गर्न सहयोग गर्छ । साथमा महमा एन्टीअक्सीडेन्ट र फाइटोकेमिकल्स हुन्छन् । यसले मेटाबोलिज्म बढाउँछ र तौल घटाउन सहयोग गर्छ ।

महमा ट्रिप्टोफेन पाइन्छ । यो एउटा क्यामिकल हो जसले शरीरमा सेरोटोनिनको उत्पादनमा सहयोग गर्छ । यसले निद्रालाई नियन्त्रण गर्न सकिन्छ । त्यसैले महको दैनिक सेवनले तपाईंका निद्रामा गुणात्मकता आउँछ र राम्रो निद्रा लाग्छ । मह स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक मानिन्छ । यसले तपाईंको छालामा प्राकृतिक चमक ल्याउँछ ।

छालाको रंग पनि सफा हुँदै जान्छ । त्यस्तै छालासँगै कपालका लागि पनि मह एकदमै लाभदायक हुन्छ । यसको नियमित सेवनले नै कपाललाई भित्रैदेखि फाइदा पुग्छ । एक चम्चा महको सेवनले खोकी तथा घाँटी दुख्ने जस्ता समस्याहरु हुँदैनन् जसले गर्दा तपाईं मौसमी संक्रमणबाट जोगिन सक्नुहुन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ०८:४६

लोकप्रिय