सूचनाको शक्ति - The Power Of Information

        

आज शनिबार किन गरिन्छ शनिदेवको पूजा ?

आज २०८० साल माघ २० गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी ३ तारिख । माघ कृष्ण अष्टमी तिथि । आज विशेष केही चाडपर्व र उत्सव छैनन् ।

शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन् । शनी भगवान सूर्यको पुत्र हुन् । उनमा आमाको छाया छ । यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन् ।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ । उसको सम्मान गर्नुपर्दछ । शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ । हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ ।

शनिबार कालो तिल दान गर्नुहोस् । छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ । हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस् । तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ०७:५२

लोकप्रिय