सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० माघ २० गते शनिवारको राशिफल

२०८० माघ २० गते शनिवार, ३ फेब्रुअरी २०२४ । माघ कृष्णपक्ष अष्टमी तिथि, १२ः३० बजेपछि नवमी । विशाखा नक्षत्र । चन्द्रराशि तुला, २०ः५२ बजेपछि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मेहनतले राम्रै प्रतिफल दिलाउनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ । समयमा सहयोग नजुट्नाले अवसर फुत्किन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । काम लिन समय प्रतीक्षा गर्नुपर्ला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ । मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अधैर्य व्यवहारले समस्या निम्त्याउला । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेकै कमजोरी दोहोरिन सक्छ । सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसरका लागि दौडधुप गर्नुपर्ला । अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ । केही खर्च लागे पनि प्रतिष्ठा प्राप्त हुनेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ । लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मेहनतले आम्दानी बढाउनेछ । सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ । श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विशेष भेटघाटले काममा उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रोकिएका केही काम बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको स्वार्थका लागि उपयोग भइएला । पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ०७:३५

लोकप्रिय