२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

संसदमा अब विद्युतीय हाजिरी अनिवार्य

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० माघ १९ गते शुक्रबार

संघीय संसदमा सांसदहरुको विद्युतीय हाजिरी हुने भएको छ । संसद सचिवालयका अनुसार यही माघ २२ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको हो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी सभामुख र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा छलफल भएको छ । संसद सचिवालयका अनुसार विद्युतीय हाजिरीका लागि वानेश्वरस्थित संसद भवनमा बैठक कक्ष बाहिर चार वटा मेसिन राखिएको छ ।

सभामुख, प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हकमा हाजिरीका लागि छुट्टै मेसिनको व्यवस्था मिलाइएको छ । विद्युतीय हाजिरीका लागि संसद सचिवालयले दुई जना बाहेकका सांसदको औठाछाप र अनुहारको विवरण संकलन गरिसकेको छ ।

भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका टेकबहादुर गुरुङ र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेलमा रहेका टोपबहादुर रायमाझीको भने विद्युतीय हाजिरीको विवरण लिइएको छैन ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रबार