सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस चार करोड ३५ लाख १८ हजार रुपैयाँ घाटामा

सत्तारुढ मुख्य दल नेपाली कांग्रेस चार करोड ३५ लाख १८ हजार घाटामा रहेको छ । शुक्रबार आर्थिक वर्ष २०७९–०८० को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको हो । असार मसान्तसम्म कांग्रेसको खुद बाँकी बचत (घाटा) साधारण कोषमा सारेको कुल रकम चार करोड ३५ लाख १८ हजार ८२३ रुपैयाँ ८४ पैसा रहेको देखाएको छ ।

गत वर्ष तीन करोड ८४ हजार १३५ रुपैयाँ ८८ पैसा घाटामा थियो । असार मसान्तसम्म कांग्रेसको आम्दानी कुल तीन करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ २९ पैसा रहेको छ । कुल आम्दानीमध्ये ५७ लाख ६० हजार ८०० लेभी, सदस्यता र नवीकरण शुल्क बापत उठेको जनाएको छ । चन्दा र सहयोग २ करोड ६५ लाख ६४ हजार ५७ रुपैयाँ रहेको छ ।

प्रकाशन बिक्री ९४ हजार ६५० रहेको छ । सम्पत्ति बिक्री–लिलाम २ लाख २५ हजार छ । लगानीको आय ३८ लाख ३१ हजार २७० रुपैयाँ २९ पैसा छ । गतवर्ष असार मसान्तसम्म कुल आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८७ रुयैयाँ एक पैसा छ । कुल आम्दानीमध्ये सदस्यता, लेबी र नवीकरण शुल्क ७ करोड ४३ लाख तीन हजार ५०१ रुपैयाँ ४२ पैसा छ ।

चन्दा सहयोग ६ करोड ६८ लाख २४ हजार रहेको छ । प्रकाशन बिक्री ११ लाख ४९ हजार ४०० रहेको छ । लगानी आय ६७ लाख १७ हजार १८५ रुपैयाँ ५९ पैसा रहेको छ । खर्चतर्फ कुल ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ १३ पैसा रहेको जनाएको छ । निर्वाचन तीन करोड ८८ लाख ५७ हजार ९९३ रहेको लेखा परीक्षणमा उल्लेख छ ।

यस्तै कार्यालय सञ्चालन खर्च तीन करोड २२ लाख ५० हजार ४३२ रुपैयाँ ८ पैसा रहेको छ । भातृ संगठन सम्बन्धी खर्च ४९ लाख ६० हजार रहेको छ । ह्रास तथा अपलेखन ३९ लाख २६ हजार ६९६ रुपैयाँ पाँच पैसा रहेको छ । गतवर्ष कुल खर्च १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ ८९ पैसा रहेको लेखा परीक्षणले देखाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १९:४८

लोकप्रिय