२०८३ असार ३ , बुधबार 18, June 2026, Thursday

लेबनानमा कार्यरत एक जना नेपाली शान्ति सैनिकको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० माघ १९ गते शुक्रबार

लेबनानमा कार्यरत एक जना नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका लागि युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबानन (युएनआइएफआइएल) मा कार्यरत सिपाही सुवास थापाको बिहीबार मृत्यु भएको हो ।

उनी पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फामा कार्यरत थिए । दोलखा जिल्लाका थापा उक्त गणको हेडक्वार्टर बंकरमा ड्यूटीमा रहेका बेला आफैले बोकेको हतियारबाट गोली लागेर घाइते भएका थिए । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको र शव नेपाल ल्याउन पहल भइरहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रबार