२०८२ कात्तिक २१ , शुक्रबार 7, November 2025, Friday

नौहजार घुस लिने नेपालगन्ज–१३ का कार्यवाहक वडाध्यक्ष कबडियालाई एक महिना कैद

सत्यपाटी
सत्यपाटी । काठमाडौँ
२०८० माघ १९ गते शुक्रबार

विशेष अदालतले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कबडियालाई एक महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेको छ ।

अनुदानका लागि सिफारिस गर्न ९ हजार रुपयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर मुद्दामा विशेष अदालतले उनलाई कैद र जरिवानाको फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले प्रतिवादी कबडियालाई दोषी ठहर गरेको हो ।

कबडियाले पशु फार्म निर्माण सम्पन्न गरेपछि अनुदान रकम प्राप्त गर्न सिफारिस माग गर्दा कार्यवाहक वडाध्यक्षको भूमिकामा रहेका वडासदस्य कवडियाले ९ हजार घुस मागेका थिए ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रबार