लुम्बिनी प्रदेश सरकारले माघ २१ गते आइतबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक प्रदेशको अस्थायी राजधानी बुटवलमा बसेको थियो । सोही दिनको सम्झनामा प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । लुम्बिनी