नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो लाइन काटिएको ६ महिना बढी समयसम्म पनि बक्यौता बुझाएर लाइन जडान गर्न नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्न सुरु गरेको छ ।
लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख राजीव सिंहले लाइन काटिएको ६ महिनासम्म पनि विद्युत महशुलको बाँकी बक्यौता रकम बुझाउन नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको बताए ।
‘विद्युत उपभोग गरेवापतको महशुल रकम नबुझाइ विगत ६ महिनादेखि लाइन काटिएका ग्राहकको मिटर झिक्ने काम सुरु गरेका छौं,’ उनले भने, ‘त्यस्ता ग्राहकको मिटर झिकेर कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउँछौं ।’
डिभिजन कार्यालयका लेखा प्रमुख केशरबहादुर ठाडाले डिभिजन कार्यालय अन्तर्गतका विभिन्न विद्युत वितरण केन्द्रबाट यो आर्थिक बर्षको साउनदेखि हालसम्म विद्युत महसुल नबुझाउने ९ हजार बढी सेवाग्राहीको लाइन काटिएको बताए ।
लेखा प्रमुख ठाडाका अनुसार यो आर्थिक बर्षको साउनदेखि हालसम्म ९ हजार ३७८ जना महशुल नबुझाउने ग्राहकको लाइन काटिएको हो । सो संख्याका ग्राहकबाट १७ करोड ७१ लाख रुपैयाँ विद्युत महशुल उठ्न बाँकी रहेको थियो ।
लाइन काटिएकामध्ये ८ हजार १६० जना ग्राहकहरुले पुनः लाइन जडान गरेको उनले जानकारी दिए । ८ हजार १६० जना ग्राहकबाट १२ करोड ४९ लाख बाँकी बक्यौता महशुल रकम उठेको लेखा प्रमुख ठाडाले बताए ।
अझै करिब १२ सय सेवाग्राहीले लाइन जडान नगरेको डिभिजन कार्यालयले जनाएको छ । डिभिजन कार्यालयले १२ सय ग्राहकमध्ये लाइन काटिएको ६ महिना बढी समय भएका ग्राहकको पहिचान गरी मिटर बक्स झिक्ने र कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व गरी ६ वटा जिल्लाका नेपालगन्ज, गुलरिया, घोराही, कोहलपुर, राजापुर, लमही, तुलसीपुर, प्युठान, रुकुमपूर्व र रोल्पा वितरण वितरण केन्द्र गरी १० केन्द्रबाट आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके