सूचनाको शक्ति - The Power Of Information

        

म्यानमारमा सङ्कटकाल ६ महिना थप

म्यानमारमा सङ्कटकाल ६ महिना थपिएको छ । राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले आपत्कालीन अवस्थालाई ६ महिना थप गर्ने निर्णय गरेको हो ।

कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले एनडीएससीको बैठकमा आपत्कालीन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गर्नुभयो । देशको असामान्य परिस्थितिका कारण संविधानको धारा ४ सय २५ बमोजिम म्याद थप गरिएको उहाँको भनाइ छ ।

सन् २०२१ को सत्ता विद्रोहपछि आपत्कालको अवस्था पहिलो पटक घोषणा गरिएको थियो । त्यसबेलादेखि निरन्तर रूपमा लम्बिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले म्यानमारमा सर्वसाधारण नागरिकको सुरक्षामा चिन्ता व्यक्त गर्नुभएको छ ।

मानवीय सङ्कट निरन्तर बिग्रँदै गएको र म्यानमारका सबै समुदायको सुरक्षा सुनिश्चित गर्नेतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १४:३१

लोकप्रिय