सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले माघ २१ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ ।

बि.सं.२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक प्रदेशको अस्थायी राजधानी बुटवलमा बसेको थियो ।

सोही दिनको सम्झनामा प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १४:१७

लोकप्रिय