काठमाण्डौको चन्द्रागिरि, मकवानपुरको सिमभञ्ज्याङ र दामनमा हिमपात भएको छ ।
चन्द्रागिरिमा हिजो बेलुका हल्का हिमपात भएको चन्द्रागिरिमा रहेको भालेश्वर महादेव मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै, मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा पनि हिजो बेलुका हिमपात भएको इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले जानकारी दिनुभयो ।
दामन सिमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन् । दामन सिमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ ।
पश्चिमी वायुको प्रभावले हिजो सुुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यम तथा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो ।
त्यस्तै, बाग्मती र कोशीका उच्च पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपात भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ