नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विनोद चौधरीका कान्छा भाई अरुणका नाममा अदालतको आदेशबमोजिम पक्राउ पुर्जी जारी गरेर सरकारी जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिसकेको छ । तर, उक्त जग्गामा रहेको चाँदबाग स्कूलको स्वामित्व भने सतप्रतिशत दाई विनोदका नाममा देखिन्छ ।
सरकारी जग्गा २०४३ सालमा दाइ चौधरीले आफ्नो नाममा राख्न चलखेल गरेका थिए । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसँगको व्यापारिक साझेदारी र हिमचिमको आडमा बाँसबारी छाला जुत्ता कारखानाका हाकिम अजितनारायण सिंहलाई प्रयोग गरेर २०४३ भदौ १० गते बिनोदले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा १० रोपनी जग्गा फुत्काएका हुन् ।
उक्त कम्पनीले वार्षिक १० लाख थान जुत्ता उत्पादन गर्ने र कम्पनीमा बाँसबारी छालाजुत्ता कारखानाको २५ सय कित्ता सेयर स्वामित्व हुने भनिएको थियो । त्यतिबेला चौधरीका दाजुभाइहरुको अंशबण्डा नै भएको थिएन । त्यो सबै काम सगोलमा जेठा दाजुको निर्णयअनुसार भएको कर्मकाण्ड हो ।
चौधरीले पहिले कम्पनीको नाममा जग्गा लिने निर्णय गरेपछि सोही वर्षको कात्तिक २७ गते मात्र फुुटवेयर कम्पनी दर्ता गराएको र त्यसको ६ वर्षपछि सुनियोजित रूपमा कम्पनी नै बन्द गराएको अभिलेख छ । त्यो बेला कान्छा भाइ अरुण चौधरीका श्रीमान–श्रीमतीको नाममा देखाइएको बन्द कम्पनीको विवादास्पद स्वामित्व भएको ठाउँमा पछि सिजी चाँदबाग रेसिडेन्सी प्रालि बनाइएको थियो ।
त्यसको स्वामित्व पनि अरुण चौधरी र उनकी पत्नी शिला चौधरीमा थियो । तर,अहिले सोही ठाउँमा विनोद चौधरी नै अध्यक्ष रहेको चौधरी ग्रुुप (सिजी) ले चाँदबाग स्कूल चलाइरहेको छ । स्रोत भन्छ, ‘एकाघरमा हुँदा ३७ वर्षअघि सबै व्यवसाय तीनै जना दाजुभाइको स्वामित्वमा थियो । त्यसको केही वर्षपछि माइलो भाइ बसन्त कुरो नमिलेर आफ्नो बाटो लागे । त्यसपछि जेठा र कान्छा भाइको स्वामित्वमा रहेको उक्त कम्पनीको सबै सेयर विनोदले ०७२ साल बैशाखको भूकम्पअगाडि नै सकारिसकेका छन् ।’
अहिलेसम्म पनि विनोदको स्वामित्व रहेको स्कूल अवस्थित जग्गाको विवादमा आफू फुक्काफाल भएर भाइलाई फसाएका छन् । वैधानिक रुपमा चाँदबागको सतप्रतिशत स्वामित्व बिनोदको रहेको अवस्थामा भूकम्पअघि नै सेयर बिक्री गरेका भाइ अरुणलाई पक्रन उनले रचेको खेलको पर्दा बिस्तारै खुल्दै जाने पक्का छ ।
अरुणले दाइलाई बिक्री गरेको सेयरको सबै कागजात हुँदाहुँदै भाइलाई फसाउन खोज्नुले डलर अर्बपतिको सन्दर्भमा काङ्ग्रेस नियन्तृत प्रचण्ड सरकारले छोरी कुटेर बुहारी तर्साउन खोजेको र पैसाको निम्ति बिनोद रगतको नातामाथि पनि गध्दारी गर्न पछि नपर्ने अमानवीय प्राणी रहेको प्रमाणित गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जनआस्था