नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विनोद चौधरीका कान्छा भाइ अरुणलाई घरैबाट गिरफ्तार गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गाको स्वामित्व विवादमा अरुण पक्राउ परेका छन्,त्यसको भित्री रहस्य भने विनोद चौधरीतर्फ सोझिएको छ ।
आज पक्राउ परेका कान्छो भाइले चाँदबाग स्कूलको स्वामित्व सतप्रतिशत दाइ विनोदका नाममा रहेको प्रमाण बुझाएपछि सरकारी जग्गा आफ्नो नाममा राखेका काँग्रेस सांसद तथा विवादास्पद डलर अर्बपति पनि समातिने निश्चित रहेको बताइन्छ । स्रोत भन्छ, ‘हेर्दै जानु न, एक दुई दिनमा सबै कुरा देखिन्छ ।’
प्राप्त विवरणअनुसार २०४३ सालमा दाइ चौधरीले कारखानाको उक्त जग्गा आफ्नो नाममा राख्न चलखेल गरेका थिए । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसँगको व्यापारिक साझेदारी र हिमचिमको आडमा कारखानाका हाकिम अजितनारायण सिंह थापालाई प्रयोग गर्दै २०४३ भदौ १० गते विनोदले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा १० रोपनी जग्गा हत्याए ।
भाइको अलि अलि सेयर रहेको उक्त स्कूल २०७२ सालको भूकम्पअघि नै विनोद चौधरीले आफू, श्रीमती, छोरा निर्वाण लगायत एकाघरको स्वामित्वमा मिलाइसकेको बताइन्छ । उक्त कम्पनीले त्यतिबेला वार्षिक १० लाख थान सेतो कपडाको जुत्ता उत्पादन गर्ने भनिएको थियो ।
बाँसबारी छालाजुत्ता कारखानाले छालाको कालो जुत्ता उत्पादन गर्ने र आफूले नजिकैको जग्गामा च्याम्पियन फुट वेयर कम्पनीको नाममा विद्यार्थी र किरिया पुत्रीका निम्ति एक वर्षसम्म प्रयोग गर्न मिल्ने खाले सेतो जुत्ता बनाउने विनोदको प्रस्तावमा त्यो बेलाका हाकिम अजितले बोर्ड बैठकबाट प्रस्ताव सदर गराएका थिए ।
चौधरीलाई १० रोपनी जग्गा दिएवापत २५ सय कित्ता सेयर बाँसबारी छालाजुत्ता कारखानाको स्वामित्व हुने भनिएको थियो । त्यतिबेला चौधरीका दाजुभाइको अंशबण्डा नै भएको थिएन । यसर्थ सबै काम सगोलमा जेठा दाजुबाट फत्ये भयो । कालान्तरमा जुत्ता कम्पनी बन्द भयो । त्यो ठाउँमा सिजी रेजिडेन्सी बनाउने भनियो ।
त्यतिबेलासम्म त्यो कम्पनीमा जेठा विनोद र कान्छा अरुणको सेयर थियो भने माइला बसन्त त्यसअघि नै छुट्टिभिन्न भइसकेका थिए । उक्त स्थानमा विनोद अध्यक्ष रहेको चौधरी ग्रुपले चाँदबाग स्कूल सञ्चालनमा ल्याएको धेरै भइसकेको छ । पहिले भाइको अलि अलि सेयर रहेको उक्त स्कूल २०७२ सालको भूकम्पअघि नै विनोद चौधरीले आफू, श्रीमती, छोरा निर्वाण लगायत एकाघरको स्वामित्वमा मिलाइसकेको बताइन्छ ।
आजै सिआइबीले कारखानाको त्यो बेलाका हाकिम अजितनारायणलाई समेत नियन्त्रणमा लिएको छ । अरुणले आफू सिध्दिएर दाइको इज्जत राखिदिए एउटा कुरा,सत्य बोल्न तयार भए भने बिनोदलाई शेरबहादुर,आरजू र प्रचण्डले पनि बचाउने अवस्था छैन भनिँदैछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं