सूचनाको शक्ति - The Power Of Information

        

३० अंकले घटेर नेप्से सूचक २ हजार ६७ अंकमा झर्‍यो, ४ अर्बको कारोबार

 साताको अन्तिम कारोबार दिन नेप्से सूचक ३० अंकमाथिले घट्न पुगेको छ । अघिल्लो दिन २१ अंकले घट्दै २ हजार ९७.९३ अंकमा झरेको नेप्से सूचक आज थप ३०.९२ अंकले घट्दै २ हजार ६७ बिन्दुमा झरेको हो ।

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६९ अंकले घट्दै ३७३.९३ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

फाइनान्स बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २.३५ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशतले, माइक्रो फाइनान्स समूह १.४७ प्रतिशतले र इन्भेस्टमेन्ट समूहको उपसूचक १.२९ प्रतिशतले घटेको छ ।

बैङ्किङ समूह आज १.२२ प्रतिशतले घट्दा फाइनान्स समूह भने ०.२१ प्रतिशतले बढेको छ ।  आज ३० अंक माथिले नेप्से सूचक घटेको बजारमा ४ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १६:१८

लोकप्रिय