सूचनाको शक्ति - The Power Of Information

        

हिमपात र वर्षाले कर्णालीमा हवाई सेवा प्रभावित

 हिमपात र वर्षाले कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित भएको छ । गए रातिदेखि मुगु, हुम्ला, जुम्ला, र डोल्पामा वर्षासँगै हिमपात सुरु भएपछि हवाई सेवा प्रभावित बनेको हो ।

नेपालगन्ज क्षेत्रमा बिहान १२ बजेसम्म लाग्नु बाक्लो हुस्सोले कर्णालीका पहाडी जिल्ला हवाई उडान प्रभावित बनाएको थियो भने बिहीबार देखि उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात र वर्षा हुन थालेपछि उडान ठप्प भएको छ ।

नेपालगन्जदेखि तारा, सीता, समिट एयरलाइन्सले कर्णालीका हिमाली जिल्लामा नियमित उडान गर्दै आएका थिए । हिमपात र वर्षाले नेपालगन्जदेखि हुने हवाई उडान नभएको नागरिक उड्डयन प्राधिकरण, राराका प्रमुख सन्तोष गौतमले बताए ।

हिमपात र वर्षाले हवाई सेवा अवरुद्ध भएपछि तराई झर्ने यात्रु र मुगु, हुम्ला जाने यात्रु एयरपोटमा रोकिन बाध्य भएका छन् । बाक्लो हिमपात भएपछि मुगु–गमगढी–नाग्मा सडक पनि केही दिनसम्म रोकिने सक्ने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १२:५७

लोकप्रिय