बाँके जिल्लामा क्रियाशील एक लघुवित्त संस्थाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत ११ लाख रकम उपलब्ध गराएको छ ।
खजुरा गाउँपालिकास्थित स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले खजुरा गाउँपालिका २ सीगाउँका रामदिन कुर्मीलाई बिमा क्षतिपूर्ति बापतको ११ लाख २७ हजार रुपियाँको चेक उपलब्ध गराएको शाखा प्रमुख सूर्यकान्त मौर्यले जानकारी दिनुभयो ।
मौर्यका अनुसार लघुवित्तको सदस्य रहनुभएकी रामदिन कुर्मीको श्रीमती रुपाकुमारी कुर्मीको गत असोज १६ गते विद्युत करेन्ट लागेर मृत्यु भएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मृतकका परिवारलाई बिमा बापतको क्षतिपूर्ति रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
बिमा क्षतिपूर्ति बापतको ११ लाख २७ हजार रुपियाँ बराबरको चेक खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक (तुफान)ले मृतकका श्रीमान् रामदिन कुर्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।
मृतकका श्रीमान् रामदिन कुर्मीले बिमा बापतको क्षतिपूर्ति रकम पाउँदा आफ्नो परिवारको गुजारा चलाउन राहत मिल्ने भन्दै संस्थालाई धन्यवाद दिनुभयो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके