२०८२ कात्तिक २८ , शुक्रबार 15, November 2025, Saturday

एक महिलाको हत्यापछि श्रीमान र ससुरा फरार

सत्यपाटी
सत्यपाटी । सर्लाही । २०८० माघ १८ गते बिहीबार

सर्लाहीको बलरा नगरपालिकामा २१ वर्षीया युवती घरमै मृत अवस्थामा फेला परेकी छन् । बलरा नगरपालिका–४, जब्दी गाउँकी पूजादेवी सहनी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतकको शरीरमा चोटपटक रहेको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतककी सासु बनारसीदेवी सहनीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहीबार