सूचनाको शक्ति - The Power Of Information

        

जुम्लासहित उच्च हिमाली भेगमा हिमपात, हवाई सेवा अवरुद्ध

जुम्लासहित उच्च हिमाली जिल्लामा यस वर्षकै पहिलो हिमपात भएको छ । गत वर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो । त्यहा आज बिहानैदेखि हिमपात भएको छ । सदरमुकाम खलंगासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन् । यसवर्षको हिउँदेयामको यो पहिलो हिमपात हो ।

अहिले हिमपात भइरहेको छ । माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसानलाई भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ । माथिल्लो कर्णालीमा हिमपात सुरु भएसँगै हवाई सेवा भने अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ०९:२०

लोकप्रिय