२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

प्रधानमन्त्री कप : पुलिस र सुदूरपश्चिम तथा आर्मी र गण्डकीबीच प्रतिस्पर्धा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ १८ गते बिहीबार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बिहीबार समूह चरणका अन्तिम दुई खेल हुँदैछन्।

मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुने खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यही समयमा त्रिवि खेल मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

जारी प्रतियोगितामा पुलिस आठ खेलबाट १६ अंक जोड्दै फाइनलमा प्रवेश गरिसकेको छ। अपराजित पुलिस यो खेलमा जित निकाल्दै खातामा १८ अंक बनाउने लक्ष्यमा हुनेछ। आठ खेलबाट ८ अंक जोडेर छैटौँ स्थानमा रहेको सुदूरपश्चिम भने फाइनल प्रवेशको सम्भावनाबाट बाहिरिइसकेको छ।

यस्तै आठ खेलबाट १२ अंक जोडेको आर्मी आजको खेलमा गण्डकी प्रदेशलाई हराउँदै १४ अंकसहित फाइनल प्रवेश गर्ने लक्ष्यमा छ।  आर्मी, बागमती र मधेश समान १२ अंकसहित दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

आठ खेलबाट ४ अंक जोडेर अंक तालिकाको आठौँ स्थानमा रहेको गण्डकीले भने आजको खेल जिते पनि आठौँ स्थानमै रहनेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहीबार