यातायात व्यवस्था कार्यालय बाँकेले विद्युतीय सवारी दर्ता प्रणाली सुरुवात गरेको छ । कार्यालयले मंगलबारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्ट्रेशन सिस्टम (इभिआरएस) नामक सफ्टवेयर जडान गरेपछि विद्युतीय प्रणालीबाट सवारी साधनको अभिलेख राख्न थालेको हो ।
अब विद्युतीय प्रणालीबाट यातायातका साधनको दर्ता, नवीकरण गर्न, नामसारी गर्न, सेवा शुल्क रकम भुक्तानी गर्न लगायतका विवरण थाहा पाउन सकिनेछ । विद्युतीय प्रणालीको विकासले ढड्डामा अभिलेख राख्नुपर्ने बाध्यता हट्ने यातायात व्यवस्था कार्यालय बाँकेले जनाएको छ ।
‘विद्युतीय प्रणालीले गर्दा समयको बचत हुने, अभिलेख सुरक्षित रहने र सेवाग्राहीले अनावश्यक झन्झट भोग्नुपर्दैन,’ यातायात व्यवस्था कार्यालय बाँकेका प्रमुख माधवप्रसाद ज्ञवालीले भने, ‘यसले यातायात क्षेत्रको सेवा प्रवाहका साथै राजश्व भुक्तानी प्रणालीलाई पनि थप व्यवस्थित गर्न मद्दत पुर्याउनेछ भने यातायातका साधनको अभिलेख राख्न सहज हुनेछ ।’
कार्यालयका अनुसार सवारीसाधनको अभिलेखीकरण, नवीकरण, जाँचपास, रुट–परमिट लगायतका सेवा विद्युतीय सवारी दर्ता प्रणालीबाट सेवाग्राहीलाई सहज उपलब्ध गराइनेछ । प्रदेश मातहत रहेको यातायात व्यवस्था कार्यालय बाँकेमा यातायात कर, जरिवाना र नवीकरण शुल्क लगायतका सेवा पनि अब अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ ।
कागजमा रहेका सबै तथ्याङ्कलाई सफ्टवेयरमा प्रविष्ट गरेसँगै यातायात व्यवस्था कार्यालयबाट विद्युतीय सवारी दर्ता प्रणाली सुरु गरिएको हो । इभिआरएस नामक सफ्टवेयर जडान गरेसँगै बाँकेबाटै प्रदेश नम्बर प्रदान गरिने, प्रदेश नम्बर भएका सवारी साधन बाँकेबाटै नविकरण गर्न सकिने जस्ता सेवाहरु प्रदान गरिनुका साथै सवारी दर्तालाई व्यवस्थित गर्ने सहज हुनेछ ।
यसका साथै यो प्रणाली लागु भएपछि फाइल हराउने समस्याबाट सेवाग्राहीले मुक्ति पाउने, घरमै बसेर सवारी दर्ता गर्न सकिने भएकाले सेवा लिनका लागि लाइनमा बस्नुपर्ने झण्झट हट्ने जनाइएको छ । विद्युतीय सवारी दर्ता प्रणाली सुरु भएसँगै ब्लुबुक, जाँचपास, रुट–परमिट, अस्थायी प्रकृतिका काम गर्न खडा गरिएका रजिष्टरहरु र ढड्डा छपाइमा हुने रकम पनि बचत हुने विश्वास गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके