२०८३ साउन २ , शनिबार 18, July 2026, Saturday

जापान र इरान एसियन कप फुटबलको क्वाटरफाइनलमा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ १८ गते बिहीबार

एफसी एसियन कप फुटबलमा बहराइनलाई हराउँदै उपाधि दाबेदार जापान क्वाटरफाइनमा प्रवेश गरेको छ । कतारमा भैरहेको खेलमा हिजो जापान ३–१ गोलले विजयी भएको हो ।

यस्तै हिजोको अर्को खेलमा इरानले सिरियालाई हराउदै क्वाटरफाइनमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टिमा गएको खेलमा इरानले सिरियालाई ५–३ गोल अन्तरले हराएको हो ।

सेमिफाइनल प्रवेशका लागि अब जापान र इरानबीच खेल हुनेछ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहीबार