२०८२ फागुन ७ , बिहीबार 19, February 2026, Thursday

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० माघ १८ गते बिहीबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो ।

निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढेर १ हजार ९१० कायम भएको छ । अहिलेसम्म ग्यास १ हजार ८९५ मा पाइन्थ्यो । यस्तै, पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २–२ रुपैयाँ मूल्य बृद्धि भएको छ ।

अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ । यसअघि पेट्रोल डिजेलसहित ग्यासको मूल्य भारतबाट घटबढ भएर आए पनि सरकारले बढाएको थिएन ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहीबार