सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो।
पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले मृतकको शरीरमा चोटपटक रहेको बताएपनि थप विवरण भने खुलाएको छैन।
सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले मृतक पूजादेवीकी सासू बनारसी देवी सहनीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक धितालले बताउनुभयो ।
पूजादेवी मङ्गलबार बेलुका नै मृत अवस्थामा फेला परेकी थिइन् । मृतकको शव रातभर घटनास्थलमै राखेर बुधबार बिहान घटनास्थलको प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको सर्लाही प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ