सूचनाको शक्ति - The Power Of Information

        

रमेश बस्नेत एसएसपीमा बढुवा

नेपाल प्रहरीका उपरिक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।

माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बस्नेलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जनपदतर्फ प्रहरी वरिष्ठ उपरिक्षक मोहन पोखरेल अवकाशमा गएपछि रिक्त दरबन्दीमा बस्नेत बढुवा भएका हुन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १६:११

लोकप्रिय