शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । हप्ताको तीन दिन लगातार बढेको शेयर बजार आज चौथो दिन उच्च अङ्कले घटेको हो ।
आज उत्पादनबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा मेन्छ्याम हाइड्रोसहित चार वटा कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घट्यो । समग्रमा बजार घटे पनि आज साम्लिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
आज एक करोड ४७ लाख कित्ता शेयर पाँच अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ