सूचनाको शक्ति - The Power Of Information

        

बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन

 नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल चलाइरहेको पौडेललाई घाइते बनाएको थियो । पौडेललाई तत्काल उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो ।

उहाँ चितवन भरतपुर महानगरपालिका –१७ बेलुवाका स्थायी बासिन्दा हुनुहुन्छ । पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नुभएको थियो । उहाँ कांग्रेसको महासमिति सदस्यसमेत हुनुहुन्थ्यो ।

बसचालक लमजुङ राइनस नगरपालिका –२ बराङखोलाका २६ वर्षीय बिष्णुबहादुर कामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १५:४८

लोकप्रिय