२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

नरैनापुरलाई एनटिभी कोहलपुरले गर्यो कदर पत्रसहित सम्मान

सत्यपाटीसत्यपाटी । बाँके । २०८० माघ १७ गते बुधबार

 नेपाल टेलीभिजन (एनटिभी) कोहलपुरले बाँकेको नरैनापुर गाउँपालिकालाई कदर पत्रसहित सम्मान गरेको छ।

विकासका लागि स्थानीय सरकारका तर्फबाट विगत ४ बर्ष देखि निरन्तर रुपमा समन्वय र सहकार्य ‘हाम्रो नरैनापुर’ कार्यक्रम निर्माण कार्यमा सहगोगी भूमिका खेलेको भन्दै नरैनापुरलाई एनटिभीले सम्मान गरेको हो।

एनटिभीको ३९ औं बार्षिकोत्सवको अवसरमा कोहलपुरमा आज आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले  नरैनापुर गाउँपालिका तर्फबाट सहभागी भएका लेखा अधिकृत भरत बस्नेतलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधबार