सूचनाको शक्ति - The Power Of Information

        

उच्च अदालत पाटन मातहतका सबै अदालतमा आज शोक बिदा

उच्च अदालत पाटनका सबै इजलास र मातहतका जिल्ला अदालतमा आज शोक विदा दिइएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको असामयिक निधनमा शोक विदा दिइएको हो ।

न्यायाधीश मरासेनीको हृद्धयघातका कारण हिजो निधन भएको थियो । उनी सरुवा भएर दुई दिनअघि मात्रै उच्च अदालत पाटनमा हाजिर भएका थिए ।

न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो।

रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर आएका थिए।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ११:३७

लोकप्रिय