सूचनाको शक्ति - The Power Of Information

        

यी हुन् मानवअधिकार उल्लंघन गर्ने सेना, प्रहरी र कर्मचारी (नामसहित)

राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघन गर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । आयोगले आर्थिक वर्ष २०७९–०८० र चालु आर्थिक वर्ष २०८०–०८१ मा मानवअधिकार उल्लंघन गर्ने ६० जनाको नामावली सार्वजनिक गरेको हो । आयोगले कारबाहीका लागि सिफारिस गरेकाहरुमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीसहित तत्कालीन विद्रोहीहरुको नाम समावेश छ ।

नेपाल प्रहरी

प्रहरीतर्फ ३२ जना कारबाहीको लागि सिफारिस परेका छन् । प्रहरी उपरीक्षकहरु योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य र उमाप्रसाद चर्तुवेदी कारबाहीका लागि सिफारिस भएको आयोगले जनाएको छ । प्रहरी नायब उपरीक्षकहरू कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, टेकुनन्द इवा लिम्बु र हनुमान शाहको नाम पनि सूचीमा छ ।

प्रहरी निरीक्षकहरु गोविन्दप्रसाद साह, महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी र कमलप्रसाद गिरीसहित प्रहरी सहायक निरीक्षकहरु नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महाविर राज धावे र वमसुदेव चौधरी पनि सार्वजनिक भएको सूचीमा छन् ।

प्रहरी नायब निरीक्षकहरु रामकुमार यादव, श्याम राउत, धर्मेन्द्रकुमार सिंह, चक्र बस्नेतसहित प्रहरी हवल्दारहरु भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी, दलबहादुर कार्की र प्रहरी जवान विनोद ठाकुर, टार्जन गुरुङ र निलम संग्रौला पनि कारवाहीको लागि सिफारिसमा परेका छन् ।

नेपाली सेना

नेपाली सेनाका सेनानीहरु कृष्णमुरारि न्यौपाने, सुरत रावल तथा सहसेनानी चक्रबहादुर कार्की र क्याप्टेन दिनेश थापा पनि कारवाहीमा सिफारिस भएकाहरुको सूचीमा छन् । सशस्त्र प्रहरी बलका सहायक प्ररही उपरीक्षक प्रकाश ओझासहित राष्ट्रिय अनुसन्धानका निरीक्षक लिलाधर पौडेल पनि सूचीकृत छन् ।

निजामति कर्मचारी

निजामति कर्मचारीतर्फ प्रमुख जिल्ला अधिकारीहरु माधवप्रसाद ओझा, शालीग्रााम शर्मा पौड्याल, दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाई, रमा आचार्य र शिवप्रसाद नेपाल पनि कारवाहीमा परेकाहरुको सूचीमा छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम अधिकारी, विभाग प्रमुख द्रोण पोखरेल, कारागार प्रमुखहरु देवेन्द्रप्रसाद श्रेष्ठ र कमला घिमिरेसहित निमित्त कारागार प्रमुख यामलाल ओली तथा नासु दिपेन्द्रप्रसाद पौडेलको पनि नाम सार्वजनिक भएको छ ।

तत्कालीन नेकपा माओवादीका खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, रामविलास यादव, हृदय यादव, प्रभु साह, एसपी किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहना पनि यो सूचीमा छन् ।

सिफारिस गरिएका ६६ मध्ये ६ जनाको हकमा कारवाहीको जानकारी प्राप्त भएकोले नाम सार्वजनिक नगरिएको आयोगले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मानव अधिकार उल्लंघन दुरुत्साहन सम्बन्धी ५८ वटा उजूरी दर्ता भएको र गत वर्षको बाँकीसहित ११७ वटा उजुरी माथि अनुसन्धान भएको आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ०९:१४

लोकप्रिय