सूचनाको शक्ति - The Power Of Information

        

लेखाको तालिममा सांसदको फोन, रन्थनिँदै प्रहरी अफिसर

नेपाल प्रहरीमा मात्र होइन सशस्त्र प्रहरी, आर्मी, निजामतिमा लेखा अधिकृत र लेखापालको जागिर अत्यन्तै आकर्षक मानिन्छ । प्रहरीभित्र यसको महत्व झन् बढी छ । कही पनि अवसर नपाएकाहरुलाई समानुपातिक प्रणाली अन्तरगत यसको तालिक र पोष्टिङ गरिन्छ । खासगरी सई असईमा यसको आकर्षण बढी छ ।

विगतमा टिएडिए, रासन र तलबको रकम बैंकिङ प्रणालीमा नजाँदा त लेखापालको जागिर भन्सारको जागिरका रूपमा हेरिने गर्दथ्यो । अहिले त्यो अवस्था नरहे पनि अन्य बजेटहरू मिलाएर खाने प्रवृत्ति र त्यसवापत अतिरिक्त आम्दानी हुने भएका कारणका साथै सोही दर्जाका अन्य प्रहरीले जस्तो नियमित ड्युटी गर्न नपर्ने भएका कारण पनि लेखापालको जागिर अति आकर्षक मानिन्छ ।

पहिले त लेखापालको तालिम गर्नका लागि नै ठूलो प्रतिस्पर्धा, सोर्सफोर्स र आर्थिक लेनदेनसमेत हुने गरेका कुराहरू सार्वजनिक भइरहन्छन् । केही दिनअघि लेखापालका लागि तालिम गर्नेहरूको नामावली छनौट भई अन्तिम निर्णय भयो । त्यसमा सबै विभागका कर्मचारीहरुले छनौट गरेका थिए । ती नामावली हेर्दा लाग्छ अब प्रहरीमा लेखाको तालिम गर्न या लेखापाल हुन विभागकै कर्मचारीले न्याय गर्नेछन् ।

तर त्यसो होइन उनीहरुको छनौट भएको केही घण्टामै कि त पिएसओ बस्नुपर्ने हुन्छ कि लेखा, आलेप, प्रबन्धजस्ता ठाउँमा बस्नुपर्ने हुन्छ अन्यले लेखाको तालिम गर्न पनि मुस्किल छ भन्ने खालेको सन्देश प्रवाह भयो । विगतमा पिएसओ, लेखा, आलेप, प्रबन्ध जस्ता ठाउँमा बसेकाले मात्रै पाउने गर्थे अहिले त्यसमा क्रम भंग भएपछि केही प्रहरी अफिसर नै रन्थनिएर मन्त्री र सांसदलाई फोन गराएर आफ्नो अनुकूलको छनोट गराउने कोसिस भएको थियो ।

विगतमा लेखा तालिमका लागि ३० जनाको नाममा ३० मध्ये २० जना त पिएसओमात्र थिए । अहिले भने १२० जनामध्ये निकै थोरै मात्रै शक्तिको आडमा तालिम लिन पुगेका छन् । अहिले करिब १२० जना जुनियर प्रहरीहरुले विनारोकटोक तालिम लिइरहेका छन् ।

पिएसओ बस्ने, नेताको दबाब दिएर तस्करी र भ्रष्टाचार गर्न पाइने पोष्टमा काज वा सरुवा जाने, फेरि पिएसओमा आउने फेरि त्यस्तै ठाउँमा जाने एकथरि छन् भने एकथरि लेखापालको तालिम गरी लेखापालमा छिर्ने र कमाउने धुनमा छन् भन्ने कुरा यो घटनाले पनि देखाउँछ । यसबाहेक तालिममा सहभागी भएका केही असईहरू पनि पिएसओ र लेखा, प्रबन्ध र आलेपका रहेका छन् । लेखापालहरूको तालिम हरिहर भवनस्थित राजस्व प्रशासन तालिम केन्द्रमा चलिरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ०९:०१

लोकप्रिय