पत्रकार शेषकान्त पण्डितको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पण्डितको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।
शिक्षा बिटमा लामो समयदेखि क्रियाशील पण्डित हाल गोरखापत्र दैनिकको उपसम्पादकका रूपमा क्रियाशील थिए । उनका दाजु श्रीकान्त पण्डितका अनुसार पत्रकार पण्डितको उपचारका क्रममा आज बिहान ३ बजे निधन भएको हो । आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।
तनहुँको भानु नगरपालिका स्थायी ठेगाना भएका पण्डितका श्रीमती एक छोरा र एक छोरी छन् । उनी हाल कीर्तिपुरमा बस्दै आएका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ