सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाको लागि प्रा.डा.शिवलाल भुसाल पुनः नियुक्त भएका छन् । भुसाल को पहिलो तीन महिनाको कार्यकाल मंगलबार (आज) सकिन अघि उनलाई पुन नियुक्ति गरिएको हो ।
१६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा तत्कालीन रेक्टर प्रा.डा.शिवलाल भुसाल लाई तीन महिनाका लागि उपकुलपति नियुक्त गरेको थियो ।
सरकारले भुसाल लाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको औपचारिक जानकारी आएको त्रिवि उपकुलपति कार्यलयले जनाएको छ । नयाँ उपकुलपति नियुक्त भइनसकेकोले उनलाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको हो ।
सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको छ ।
समितिले २३ पुसमा उपकुलपतिको लागि दरखास्त आह्वान गरेको थियो । जसअनुसार ४३ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् । उनीहरुको छनौट प्रकृया शुरु भएको मन्त्रालय स्रोतले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ