२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

पाँचौ तलाको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० माघ १६ गते मंगलबार

बन्दै गरेको घरको लिफ्टबाट खस्दा मंगलबार पोखरामा एक इन्जिनियरको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर- ८ रत्नचोक बस्ने वर्ष ३७ का इन्जिनियर प्रवीण भट्टराई रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

पोखरा- ६ खहरे चोकस्थित चिनीमाया भण्डारीको बन्दै गरेको घरमा तातोपानीको सर्भे गर्ने क्रममा सोही घरको पाचौँ तलाको लिफ्टबाट अचानक खस्दा उनको मृत्यु भएको हो।

पोखरा- ९ न्युरोडस्थित मुक्ति इनर्जी प्रा.लिमा कार्यरत भट्टराई लिफ्टबाट खसी सख्त घाइते भएकोमा उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा डाक्टरद्वारा मृत घोषणा गरेका थिए।

घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार