सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु, ७ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने चालकसहितका अन्य ७  जना घाइते भएका छन् ।

दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका-८ कि १३ वर्षीया मनिषा विष्टकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दीपक गिरीका अनुसार दुर्घटनामा चालकसहित अन्य ७ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १७:५१