२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ १६ गते मंगलबार

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षकाे उमेरमा हृदयघातका कारण निधन भएको छ ।

आज बिहान साढे ८ बजेतिर हृदयघात भएपछि मरासेनीलाई उपचारका लागि कलङ्कीमा रहेकाे नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यायाधीश मरासेनीकी आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार