सूचनाको शक्ति - The Power Of Information

        

दया र दियाको `दयारानी´ ट्रेलर रिलिज (भिडियो)

फिल्म ‘दयारानी’ को ट्रेलर रिलिज गरिएको छ ।

श्रीमान श्रीमतीको भूमिकामा देखिएका दयाह्याङ राई र दिया पुनको स्वभाविक अभिनय र केमेष्ट्रीले दर्शकलाई हलसम्म तान्ने अड्कल काट्न सकिन्छ । दया र दियालाई नै मुख्य रुपमा प्रस्तुत गरिएको ट्रेलरका  केहि संवाद पनि आकर्षक रहेका छन्।

माओत्से गुरुङको लेखन र निर्देशनमा बनेको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिस्टी गुरुङ लगायतको अभिनय रहेको छ।

माघ २६ गतेबाट रिलिजमा आउने फिल्म बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १६:१०