बलिउड फिल्म ‘फाइटर’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतको गणतन्त्र दिवसमा प्रदर्शन भएको फिल्मले ओपनिङ डेमा २४ करोड भारू कमाएको थियो। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार फिल्मले ५ दिनमा १२६ करोड ५० लाख भारू कमाएको छ।
२४ करोड ६० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४१ करोड २० लाख, तेस्रो दिन २७ लाख ६० लाख, चाैथो दिन २९ करोड र पाँचाैं ८ करोड भारू कमाएको हो। फिल्मले रिलिजअघि नै अग्रिम टिकट बुकिङबाट ७ करोड २१ लाख भारू कमाएको थियो।
सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोणको जोडीलाई दर्शकले मनपराएका छन्। फिल्ममा अनिल कपूर, करण सिंह ग्रोवर, अक्षय ओबरायलगायत कलाकारको अभिनय छ।
फिल्मलाई भारतीय समीक्षकले सकारात्मक समिक्षा गरिरहेका छन्।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ