२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

ऋतिक रोशन फिल्म ‘फाइटर’ ले कति कमायो?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ १६ गते मंगलबार

बलिउड फिल्म ‘फाइटर’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

भारतको गणतन्त्र दिवसमा प्रदर्शन भएको फिल्मले ओपनिङ डेमा २४ करोड भारू कमाएको थियो। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार फिल्मले ५ दिनमा १२६ करोड ५० लाख भारू कमाएको छ।

२४ करोड ६० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४१ करोड २० लाख, तेस्रो दिन २७ लाख ६० लाख, चाैथो दिन २९ करोड र पाँचाैं ८ करोड भारू कमाएको हो। फिल्मले रिलिजअघि नै अग्रिम टिकट बुकिङबाट ७ करोड २१ लाख भारू कमाएको थियो।

सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोणको जोडीलाई दर्शकले मनपराएका छन्। फिल्ममा अनिल कपूर, करण  सिंह ग्रोवर, अक्षय ओबरायलगायत कलाकारको अभिनय छ।

फिल्मलाई भारतीय समीक्षकले सकारात्मक समिक्षा गरिरहेका छन्।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार