२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ १६ गते मंगलबार

स्वरोजगार लघुवित्तले आर्थिक वर्ष २०७९–८० सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ७२ लाख ९२८ रूपैयाँ रहेको छ। बेनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रूपैयाँ पुग्नेछ।

गत वर्ष भने कम्पनीले २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद गरी कुल २३.१५ प्रतिशत लाभांश दिएको थियो।

गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार