सूचनाको शक्ति - The Power Of Information

        

ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी दिएका छन्। बझाङको बुँगल नगरपालिका वडा नम्बर १ का धन बहादुर बोहराले मन्त्रीविरुद्ध उजुरी दिएका हुन्।

मन्त्री साउदले विभिन्न मितिमा आफूलाई साह्रै समस्या छ भनी ऋण सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ।

बोहराले आफ्नो ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी हालेका हुन् । धनबहादुरको उजुरी माघ १५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार ११:२४

लोकप्रिय