कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले गाजामा स्थायी युद्धविराम हुने दाबी गर्नुभएको छ ।
अमेरिकाको भ्रमणमा रहनुभएका थानीले वाशिङटनमा आयोजना गरिएको एटलान्टिक काउन्सिललाई सम्बोधन गर्दै इजरायल र हमासबीच स्थायी युद्धविराम हुने र हमासको कब्जामा रहेका सबै बन्धक मुक्त हुने दाबी गर्नुभएको हो ।
हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुको रिहाइका लागि दुबै समुहसंग जारी वार्ता सकारात्मक रहेको भन्दै प्रधानमन्त्री थानीले रिहाइका लागि केही योजना तयार पारेको स्पष्ट पार्नुभयो ।
सो योजनाबारे हमासलाई जानकारी गराउन बाँकी रहेको र हमासले सकारात्मक भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको उहाँको भनाइ छ ।
यसअघि फ्रान्समा अमेरिका, इजिप्ट र कतारले मिलेर इजरायली प्रतिनिधिहरुसँग वार्ता गरेको थियो । जसका कारण इजरायल बन्धक रिहाइका लागि युद्धविराम गर्न तयार रहेको संकेत मिलेको जनाइएको छ ।
यसैबीच, इजरायलले गरेको आक्रमणमा विगत २४ घण्टामा २१५ जना प्यालेष्टेनीको मृत्यु भएको छ । इजरायलले गरेको स्थलगत र हवाई हमलामा २१५ जनाको मृत्यु भएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ