सूचनाको शक्ति - The Power Of Information

        

अफ्रिका कप फुटबल, आइभोरी कोष्ट र केप भर्डे क्वाटरफाइनलमा

आइभोरी कोष्ट र केप भर्डे अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार राति भएको राउन्ड अफ सिक्सटिनको खेलमा साविक विजेता सेनेगललाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक आइभोरी कोष्ट क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा एक एक गोलको बराबरी भएपछि अतिरिक्त समय हुँदै खेल टाइ ब्रेकरमा पुगेको हो । टाइ ब्रेकेरमा आइभोरी कोष्ट ५–४ ले विजयी भयो ।

अफ्रिका कपकै अर्को खेलमा मौरितानियालाई १–० ले हराउँदै केप भर्डे पनि क्वाटरफाइनलमा प्रवेश ग¥यो । प्रतियोगितामा मंगलबार राती माली र बुर्किना फासो तथा मोरक्को र दक्षिण अफ्रिका भिड्नेछन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार ०८:१३

लोकप्रिय