अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र कार्यवाहक वडाध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७६–०७७ मा मड्केचुला गाउँपालिका–८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा नगरेको कामको पनि उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको आरोपमा अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत र सब–इन्जिनियर दिप नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यस्तै मुड्केचुला गाउँपालिका–८ का तत्कालिन कार्यवाहक वडाध्यक्ष धनबहादुर रोकाया, कार्यपालिका सदस्य रामकुमार नेपाली (दमाई), वडा प्राविधिक (असिस्टेन्ट सब–इन्जिनियर) इशारा बुढाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौता अनुसारको लागत अनुमान बमोजिम काम नगरेको र थोरै काम गरेकामा पनि धेरै काम गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताबमा प्रमाणित गरी काम सम्पन्न भएको प्रतिवेदन तयार पारिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यसरी उनीहरुले गाउँपालिकाको १० लाख ९७ हजार ८५२ रुपैयाँ २९ पैसा हानिनोक्सानी पुर्याएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं